नियम २३
पुन नाम दर्ता
  (१) पेशागत आचरण उल्लंघन गरेको वा ऐनको दफा १९ बमोजिम नाम
दर्ता गराएको कारणबाट दर्ता किताबबाट नाम हटाइएको व्यक्तिले मनासिब माफिकको
कारण देखाइ पुन नाम दर्ता गराउन दरखास्त दिएमा र परिषद्ले निजको नाम पुन दर्ता
गर्न मनासिब देखेमा नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्णय भएमा रजिष्ट्रारले परिच्छेद–२ मा उल्लिखित
कार्यविधि अपनाई दरखास्तवालाको नाम दर्ता किताबमा पुन दर्ता गरी प्रमाणपत्र दिनेछ ।